शुक्रबार, चैत १६, २०८०
09:03 | १४:४८

नेपालको प्रसूति सेवाबारे बेलायती अध्ययन

नेपाली लिङ्क जुन २, २०२०

डा. प्रिती महतो

लन्डन  । नेपालका ग्रामीण क्षेत्रहरुमा स्थानीय स्वास्थ्य प्रवर्द्धकहरुले प्रसूति सेवाको उपयोगमा महत्वपूर्ण योगदान दिन सक्ने एक अध्ययनले देखाएको छ । बेलायतको बोर्नमाउथ विश्वविद्यालयले गरेको अध्ययनले  स्थानीय स्वास्थ्य प्रवर्द्धकहरुले बर्थिङ सेन्टर (प्रसूति इकाइ) मा बच्चा जन्मदा हुने फाइदाहरुको बारेमा जागरुकता बढाउन र प्रसूति सेवाको लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा जान अहम भूमिका खेल्न सक्ने देखाएको छ ।

सरकारले विभिन्न किसिमका सुविधा दिएपनि नेपालमा अझै पनि करिब ४१ प्रतिशत महिलाहरुले दक्ष स्वास्थ्यकर्मी विना नै घरमै बच्चा जन्माउने गर्दछन् जसले गर्दा आमा र बच्चा दुवैलाई जोखिम हुने गर्दछ ।

सो अध्ययनको क्रममा नवलपरासी जिल्लाका चार गाविस ठूलो खैरतवा, नरसही, भुजवा र पक्लिहवामा सन् २०१४ देखि २०१६ सम्म स्वास्थ्य प्रवर्द्धनका क्रियाकलापहरु संचालन गरिएको थियो । जसअन्तर्गत सासूहरुसँग १५७ वटा  र महिला समूहसँग ३३४ वटा छलफल गरिएको थियो भने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम पनि दिइएको थियो । त्यस्तै ठूलो खैरतवा र नरसहीमा दुईवटा बर्थिङ सेन्टरहरुको सुधारमा सहयोग गरिएको थियो ।

विद्यावारिधि अनुसन्धानको निम्ति सो अध्ययनको नेतृत्व गरेकी डा. प्रिती महतोका अनुसार स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरु पश्चात सन् २०१७ मा ती गाविसहरुमा कुल ६९९ मध्ये २९.३ प्रतिशतले मात्र घरमा बच्चा जन्माएका थिए जबकि त्यसअघि सन् २०१२ मा यो प्रतिशत ५८.८ प्रतिशत रहेको थियो । यस्तै बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाहरुको संख्या २.४ प्रतिशतबाट २८.३ प्रतिशत पुगेको थियो भने तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको सहयोग लिने महिलाहरु ५३.७ प्रतिशतबाट ७०.५ प्रतिशत पुगेको पाइएको थियो ।

“शिक्षित, प्रसूतिसम्बन्धी निर्णय प्रक्रियामा संलग्न र कम्तीमा चार पटक गर्भवती परीक्षण गराएका महिलाहरुले स्वास्थ्य केन्द्रमा नै बच्चा जन्माउने गरेको पाइएको छ । प्रसूति सेवाको उपयोग र महिलाको प्रजनन स्वास्थ्यको निम्ति महिला सशक्तिकरण महत्वपूर्ण हुने यस अध्ययनले देखाएको छ”, डा. महतोले भनिन् । 

विगत १६ वर्षदेखि नेपालको स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएका बोर्नमाउथ विश्वविद्यालयका प्रोफेसर एवम् उक्त  अध्ययनका प्रमुख सुपरीवेक्षक एडविन भान तेइजलिन्जेनले  सो अध्ययनले सुरक्षित प्रसूति सेवाको लागि स्वास्थ्य प्रवर्द्धकहरुको भूमिकामा जोड दिनुपर्ने देखाएको बताए ।

उक्त अध्ययन अन्तर्राष्ट्रिय जर्नल “प्लस वान” मा प्रकाशित भएको छ । नेपालस्थित ग्रीनतारा नेपाल नामक गैरसरकारी संस्था र लण्डनस्थित ग्रीनतारा ट्रष्टले अध्ययनको निम्ति आर्थिक र प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू